Techie IT
  • २६ कात्तिक २०८२, मंगलबार

विक्की र कटरीना कैफको अफेयरको चर्चा


काठमाडौं- बलिउडमा हाल विक्की कौशल र कटरीना कैफको अफेयरको चर्चा चलिरहेको छ। बलिउड सञ्चारमाध्यमका अनुसार उनीहरू नयाँ वर्षको अवसरमा समय बिताउन चाहन्छन्।

उनीहरू सँगै बेला बेलामा घुम्न पनि जाने गरेका छन्। यद्यपि दुवैले आफ्नो सम्बन्धबारे सार्वजनिक गरेका छैनन्।

बलिउड मिडियाका अनुसार दुवै आफ्नो सम्बन्ध अगाडि बढाउने योजनामा छन्। विक्की कटरीनाको सौन्दर्यप्रति मोहित छन्। उनी आफ्ना साथीहरूलाई कटरीनाको तारिफ गरिरहन्छन्। हालै उनीहरू मुन्बईको एक होटलमा डिनर गर्दै गरेको देखिएका थिए।

डिनरपश्चात् दुवैले रेस्टुरेन्टको मालिकसँग तस्‍बिर पनि खिचाए। दिवालीदेखि उनीहरूको अफेयरको बारेमा चर्चा बढ्न थालेको हो। विक्की अहिले उद्धम सिंहको सुटिङमा व्यस्त छन्।


क्याटेगोरी : कला र मनोरञ्जन

तपाईको कमेन्ट लेख्नुहोस्