Techie IT
  • २९ जेठ २०८३, शुक्रबार

प्रधानसेनापति थापा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबीच भेटवार्ता


काठमाडाैँ—प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल शन्तनु दयालबीच भेटवार्ता भएको छ। नेपाली सेनाको जंगी अड्डामा सोमबार शिष्टाचार भेटवार्ता भएको सेनाले जनाएको हो।

भेटका क्रममा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ। छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सेनाको दाबी छ।


क्याटेगोरी : कुटनीति

तपाईको कमेन्ट लेख्नुहोस्