Techie IT
  • २४ मंसीर २०८२, मंगलबार

त्रिचन्द्र कलेजका प्रमुखलाई विद्यार्थीले कुटे


काठमाडौं – त्रिचन्द्र कलेजका प्रमुखलाई विद्यार्थीले कसटपिट गरेका छन् ।  सोमबार बिहान कलेज परिसरमा त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका हुन् ।

विद्यार्थीले विज्ञान संकायको शुल्क वृद्धि फिर्ता नगरेको भन्दै प्रमुख न्यौपानेलाई कुटेका हुन्। प्रमुख न्यौपानेलाई वीर अस्पतालमा उपचारका लागि लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। प्रहरीले दुई जनालाई पक्राउ गरी थप अनुसन्धान थालेको छ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्