Techie IT
  • १ भदौ २०८३, सोमबार

कतारको दोहाबाट १४९ नेपाली काठमाडौं प्रस्थान


काठमाण्डौ

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिका कारण समस्यामा परेकाहरुलाई उद्धार गर्ने क्रममा आइतबार पहिलो चरणमा १४९ जना नेपालीहरु दोहाबाट काठमाडौं प्रस्थान गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

२९ जना सुत्केरी/गर्भवतीसहित ८२ जना महिला, ३ जना नाबालक र ६४ जना पुरुष नेपाल एयरलाइन्सको २३९२ को उडानबाट काठमाडौं प्रस्थान गरेको नेपाली दूतावासले जनाएको छ ।

दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत नारदनाथ भारद्वाज, दूतावासका कर्मचारीलगायतले उनीहरूलाई विदाई गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्