Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
Sajha Hub

म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा ३१ जना बेपत्ता


काठमाडौं ।

अविरल बर्षाका कारण गएराती आएको बाढि पहिरोको कारण म्याग्दीका दर्जन भन्दा बढी ठाउँमा पहिरो जाँदा पहिरोमा परेर ३२ जना बेपत्ता भएका छन् ।

म्याग्दीको धौलागिरि, मालिका र मंगला गाउँपालिका लगायतका ठाउँमा गएको पहिरोमा पुरिएर ३१ जना बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ ।

धौलागिरीको मराङमा गएको पहिरोमा सबैभन्दा धेरै २१ जना बेपत्ता भएका छन् र पहिरोमा परेर २ जनाको मृत्यु भएको भनिएपनि पुष्टि हुन बाँकी छ ।

पहिरोले गर्दा बाटो अबरुद्ध हुदाँ उद्धारका लागि परिचालन भएको नेपाली सेना र प्रहरी घटनास्थल पुग्न सकेको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्