Techie IT
  • २९ मंसीर २०८२, आईतबार

आज हल्कादेखि मध्यम बर्षा हुने जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान


काठमाण्डौ

जल तथा मौसम विज्ञान विभागले बिहीबारको मौसम पूर्वानुमान जारी गरि आज हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ ।

यसैगरी, देशभर आँशिकदेखि सामान्य बदली रही एक/दुई स्थानहरुमा हल्का वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख गरेको छ ।

बिहीबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत बताएको छ ।

यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ ।

त्यस्तै, राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

र, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्