Techie IT
  • २२ साउन २०८३, शुक्रबार

म्याग्दीमा पहिरोले खोला थुनिदाँ, तल्लो क्षेत्रका बस्तीमा जोखिम


म्याग्दी
म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो गई हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएपछि त्यसभन्दा तल्लो क्षेत्रका बस्तीहरुमा जोखिम सिर्जना भएको छ ।

सोमबार दिउँसो ४ः३० बजे अर्मनको पाखु सामुदायिक वनबाट पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्रमा जोखिम बढेको हो ।

वनबाट खसेको पहिरोले थुनिएको खोलामा ठूलो पोखरी बनेकाले तल्लो क्षेत्रमा जोखिम बढेको मङ्गला–५ का वडाअध्यक्ष भुपेन्द्रबहादुर खत्रीले बताएका छन् ।

खोला थुनिएपछि कुर्सिला र खारापानीका स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् । साविकको अवस्थामा जस्तै पानी नबगेसम्म तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई जोखिम रहेकाले स्थानिय प्रसाशनले सजग रहन अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्