Techie IT
  • २२ साउन २०८३, शुक्रबार

७० बर्षीय हरिबहादुरले चितुवासँग लडेर बालकलाई बचाए


लमजुङ
लमलुङको एक गाउँमा चितुवा पसी बालक माथि आक्रमण गरेपछि एक जना ७० बर्षीय पुरुषले चितुवाको प्रतिकार गरि बच्चालाई बचाएका छन् ।

लमजुङको बेशिसहर नगर पालिका ९ स्थित साम्दी थापा गाउँमा आइतबार बिहानै ६ बजे चितुवा पसेर चितुवाले एकाकए एक बालकमाथि आक्रमण गर्न खोजेपछि त्यहाँ नजिकै रहेका ७० वर्षीय हरिबहादुर थापाले चितुवालाई हँसिया प्रहार गरेका थिए । थापा र चितुवाबीच केही समय झडप हुदाँ चितुवा घटनास्थलमा नै मरेको छ ।

चितुवासँग लडेर घाईते बनेका थापाकोे प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।

फोटो साभार नविन अंकुर, नेपाल टेलिभिजन


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्