Techie IT
  • २० भदौ २०८३, शनिबार

एजेन्सी

कोरोना महामारीका कारण सन् २०२० मा स्थगित भएको फिफा क्लब विश्वकपको खेल तालिका र खेल्ने स्थानको घोषणा गरिएको छ । क्लब विश्वकप सन् २०२१ को फेब्रेअरी १ देखि ११ सम्म कतारमा आयोजना हुनेछ ।

प्रतियोगिताका लागि अहमद बिन अली, खलिफा ईन्टरनेश्नल र एजुकेशन सिटी तीन रंगशाला तय गरिएको छ । फिफाले आयोजना गर्ने विश्व क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा ६ महादेशका टिमलाई समावेश गरिनेछ । प्रतियोगिताको उद्घाटन खेल फेब्रुअरी १ मा अहमद बिन अली रंगशालामा हुनेछ । समापन खेल फेब्रुअरी ११ मा एजुकेशन सिटी स्टेडियममा हुनेछ ।

प्रतियोगितामा युइएफए च्याम्पियन्स लिग विजेताको रुपमा बायर्न म्युनिख, काफको च्याम्पियन्स लिगको विजेता अल अहली, एएफसी च्याम्पियन्स लिग विजेता उल्सान हुन्डाई, कन्कफा च्याम्पियन्स लिग विजेताको रुपमा यूएएनएल, आयोजक कतार स्टार लिग विजेता अल दुहैल र ओएफसी महादेशबाट आकल्याण्ड सिटीले सहभागिता जनाउनेछन् ।


क्याटेगोरी : खेलकुद, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्