Techie IT
  • ९ चैत्र २०८१, आईतबार
Sajha Hub

मौलिक कथा तथा पटकथा खोज्दै कार्यशाला सम्पन्न


काठमाडौं । मगर चलचित्रकर्मी संघ नेपालले आयोजना गरेको पाँच दिने कथा तथा पटकथा लेखन कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

पाँच दिने कार्यशाला गोष्ठीमा ओस्कार कलेज अफ फिल्म इस्टडिजका प्राध्यापक एवं कालोपोथीका लेखक अबिनाश बिक्रम शाह साथै सोहि कजेजबाट पास आउट विद्यार्थी ललित बुढा मगरले प्रशिक्षण दिनु भएको थियो ।

विभिन्न जातीय संघ संस्थाबाट सहभागी प्रशिक्षार्थीहरुले समापनको दिनमा आ-आफ्नो कथा तथा पटकथा प्रस्तुत गरेका थिए ।

समापन कार्यक्रममा मगर चलचित्रकर्मी संघ नेपालका पुर्व अध्यक्ष तथा सल्लाहकार संयोजक युवराज मास्की राना मगरले अब आदिवासी जनजातिका अनुहारहरु र आदिवासीको मौलिकपन चलचित्रमा आउनु पर्ने भन्दै सहभागीहरुलाई त्यस्ता विषयमा कलम चलाउन आग्रह गर्नुभयो ।

त्यसै गरि, आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष एवं आदिवासी जनजाति मातृभाषी प्रवर्द्धन समितीका संयोजक अमृत सुनुवारले आदिवासी जनजाति चलचित्रमा यस्ता कार्यशालाले संख्यामात्र नभई आदिबासी चलचित्रको गुणस्तर वृद्धि गर्न समेत गहन भुमिका खेल्ने भन्दै प्रशिक्षार्थीहरुलाई चलचित्र लेखन तथा निर्माणमा लाग्न आह्वान गर्नुभयो ।

नेपाल मगर संघ केन्द्रिय समितिका महासचिव ज्ञानेन्द्र पुन मगरले मगर समुदाय एक आपसमा फुट हुँदै गएको र अब चलचित्रको माध्यमबाट मगर एकता र मगरात भुमीको लागि पनि योगदान हुने खालको चलचित्र बन्नु पर्ने र यस्तो खालको कथा बनेको खण्डमा नेपाल मगर संघले निर्माण र बजार ब्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

मगर चलचित्रकर्मी संघ नेपालका अध्यक्ष भिम मास्की राना मगरले सहयोगी, अतिथी तथा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यशालाले विशेष गरि मगर मौलिक विषयहरु बोकेका कथा पटकथा लेखनमा सहयोग पुग्ने र नयाँ चलचित्र निर्माणमा समेत कार्यशालाले भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कोभिड १९ कोरोनाको महामारीमा पनि सरकारले तोकेको स्वास्थ सुरक्षाको मापदण्ड पालना गर्दै कथा तथा पटकथा लेखन कार्यशाला गोष्ठी सम्पन्न भएको कार्यक्रमका संयोजक तथा मगर चलचित्रकर्मी संघका उपाध्यक्ष बिकास मगर

(बिश्वास) ले बताउनुभयो । साथै, कार्यशालाबाट अब मगर चलचित्रको क्षेत्रमा नयाँ अनुहारहरु पनि मौलिक र नयाँ चलचित्रहरुसँगै उदाउने विश्वास व्यक्त गर्दै आफुहरु उत्साहित रहेको उहाँको भनाई छ ।

चलचित्र विकास बोर्ड र आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिको सहयोगमा संचालन भएको कार्यशाला गोष्ठी माघ ४ गतेदेखि माघ ८ गते सम्म नेपाल मगर संघ केन्द्रीय समितिको सभाहलमा सम्पन्न भएको हो ।


क्याटेगोरी : कला र मनोरञ्जन, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्