Techie IT
  • ९ चैत्र २०८१, आईतबार
Sajha Hub

कम्युनिष्ट पार्टी निर्माणका सवालमा लेनिन र माओको मृत्यु पश्चात गम्भीर समस्या


भीम बहादुर वली\काठमाडौं –  कम्युनिष्ट पार्टी निर्माणका सवालमा लेनिन र माओको मृत्यु पछाडी गम्भीर समस्याहरु पैदा भएका छन। आजको उत्पादन सम्बन्ध र उत्पादक शक्ति अनुकुल तथा समग्र प्रणाली अनुकुल राजनैतिक कार्यदिशा अभावका कारण नेपाल,भारत,टर्की, फिलिपिन्स र पेरु आदी देशहरूमा संचालित विद्रोहहरू सफलतातिर पुगेका छैनन्।

लेनिनका अनुसार कम्यूनिष्ट पार्टी सर्वहारावर्गको अग्रदस्ता,क्रान्तिको साधन र नेतृत्वहरुको संगठनका रुपमा परिभाषित भयो तर आज संसारभर यही मापदण्डमा पार्टी बनाईएन र हाम्रो यो अवस्था भयो। अर्को कुरा लेनिनले वस्तु या पार्टी विपरितहरूको एकत्वका रूपमा संश्लेषण गर्नुभयो तर हामीहरू एक समयका सहयात्रीहरू पनी विघटित भयका छौ जस्ले हामीहरू लेनिनको संस्लेषण भन्दा भिन्न स्थानमा पुगेपछी कम्यूनिष्ट पनी रहेनौ यो कुरा भने सत्य हो। क.माओले एक दुईमा विभाजनका रुपमा संस्लेषण गर्नुभयो तर हामीहरूले विभाजन आफैलाई गरे पछी एक वस्तुमा हुने गुणनै समाप्त गरेपछी हामीहरू एक वस्तु या पार्टीका रुपमा नेपालमा मात्र होइन विश्वमै रहेनौ।

कम्यूनिष्ट पार्टी जातीय र लैङगिक नभै क्रान्तिको साधन भयकाले आज पनी नेपालमा बनाउन खोज्नेहरूको अवधारणा हेर्दा पार्टी होईन मोर्चा बनाउने तयारी देखिन्छ। अब पनी नेपालमा मोर्चा निर्माणको चरणमा हामीहरू छौ भने समाजवादको सम्भावना देखिदैन। कम्यूनिष्ट पार्टीको निर्माण विना,नेताहरुको
संगठनलाई सर्वहारावर्गको अग्रदस्तामा रुपान्तरण नगरी कस्ले गर्छ समाजवादी क्रान्ति। क.माओले त्जचभभ ष्ल यलभ को अवधारणा अगाडी सार्नु भयो यो अवधारणाले पनी कम्यूनिष्ट पार्टीलाई जातिय र लिंगिय वनाउने कुराको विरोध गरेको छ तर हामीहरू भने त्यसैमा केन्द्रित भयपछी लेनिन र माओले गरेको संस्लेषण विपरित पार्टी वनाय पछी कसरि भयौ हामीहरू लेनिनवादी र माओवादी।

पार्टी निर्माणमै गम्भीर समस्याहरु पैदा भयका कारण नेपालमा पार्टी संचालन विधि र पद्धतिमा झनै समस्याहरू नहुने कुरै भयन। जस्का कारण सम्पुर्ण हिसावले हामीहरू विघटित अवस्थामा पुग्यौ। लेनिनले विधि तथा पद्दतिको सवालमा तीनवटा कुरा आफ्नो समयमा भन्नु भयो हामीहरुले लागु गरेनौ। हामीहरूले जनवादी केन्द्रीयता, आत्मालोचना र आलोचना तथा नेतृत्व छनोटको विधीकै सवालमा लेनिनवादी नभै मार्तोभकै तरिकामा लागे पछी नवसंसोधनवादमा पुगियो।

पार्टी निर्माणका सवालमा विसर्जनवादी पद्धति र विधिको सवालमा नवसंसोधनवादमा गएकै कारण लक्षमा पुग्न सकेनौ। जनवादी केन्द्रियता र आत्मालोचना तथा आलोचनाका सवालमा स्वेच्छाचारी भैसके पछी त्यसले छनोट गर्ने नेतृत्व पनी लेनिनले भने अनुसार हुने कुरा भएन।

लेनिनका अनुसार नेतृत्व छनोटमा चार कुरा थिय। ईमान्दारिता,सक्रियता वा निरन्तरता,समर्पीत भावना र रचनात्मक क्षमता तथा कार्यदक्षताका आधारमा छान्ने कुरा नभै आजको वहस हेर्दा ४० वर्ष मुनीका युवाहरुको कुरा आउदा नेताहरूका छोरा,बुहारि र नातीहरू सो उमेरका भयछन भनेर जनताका छोराछोरीहरूले किन नबुझ्ने, कार्यक्रताहरू पनी आज सम्मको राजनितीले लाटा पनी त छैनन्।

महिला,दलित,आदिवासी र जनजातिका विषयहरु पनी छन जस्का लागी पनी नेतावरिपरि घुम्ने र घुम्नलगाउन सकीनेहरूको छनोट आदी विषयहरूले कम्यूनिष्ट पार्टी र पद्धति निर्माणका विषयहरू नयाँ वहसका रुपमा र लेनिन र माओको संस्लेषणित विषयहरू हाम्रा मार्गदर्शन हुनुपर्छ। पार्टी नियन्त्रित, नेता नियन्त्रित , जननीयन्त्रीत या सर्वहारा मजदुर नियन्त्रित कस्तो राज्यसत्ता निर्माण गर्ने आम बहस पछी संस्लेषण गर्न आवसयक छ।

बहस पछी संस्लेषण सहितको राजनैतिक कार्यदिशा विना कम्यूनिष्ट पार्टी र सत्तालाई विधी र पद्दतिमा कसरी चलाउन सकिन्छ। चलाउन नसकियको वर्तमान अवस्था यसैको कारण हो आज समस्याहरूको पहिचाहन भयको छ अव हाम्रो दायीत्व लेनिन र माओले गरेको संस्लेषणको जगमा टेकेर अली माथी पुग्नु छ तवमात्र हामीहरू आफ्नो लक्ष्यमा सफल हुनेछौ।


क्याटेगोरी : विचार


तपाईको कमेन्ट लेख्नुहोस्