Techie IT
  • ९ चैत्र २०८१, आईतबार
Sajha Hub

नेपालमा आदिवासी जनजातीको मौलिक पहिचानको सवालमा Top down कि Bottom up दृष्टिकोण ?


प्रा. डा. युवराज लिम्बू

विश्वभरी, दुइ बर्ष भन्दा बढि समय मानव जातीमा भय र त्रास उत्पन्न गराएको COVID-19 को त्रासबाट संसार मुक्त हुन नपाउँदै हालै रसिया र युक्रेन बीच सुरु भएको युध्दले फेरी एक पटक संसारमा मानव जातीमाथि युध्दबाट हुने नकारात्मक असरहरुका कारण सामाजिक र मानसिक रुपमा अर्को भय र त्रास सुरु भएको छ । कोरोना भाइरसको संक्रमण र यसको उत्परिवर्तन प्राकृतिक घटनाहरु हुन् जुन मानव नियन्त्रण भन्दा बाहिर रहन्छ तर सामाजिक द्वन्द, युध्द आदि मानव सृजित घटनाहरु हुन् जुन मानव नियन्त्रित घटनाहरु हुन् । शायद प्रकृतिको आफ्नै उत्कृष्ठ नियमहरु (Laws of nature) छन्, जस्ले मानव सृजित भाष्यहरुस सर्वोच्च कमाण्डर, सर्वोच्च अदालत, परमादेश, नेता, धनी, गरीव, क्रान्ति, राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद आदि केहि पनि बुझ्दैन । प्रकृतिको नियमलाई न कुनै सर्वोच्च अदालतको परमादेशले रोक्न सक्छ न कुनै शक्ति राष्ट्र मात्र होइन सर्वशक्ति राष्ट्रको भिटो (Veto) ले नै रोक्न सक्छ ?  समाजमा प्रचलित नियम कानुनहरु समाज, सरकार र राज्यद्वारा अर्थात् मानव निर्मित दस्तावेजहरु हुन् यसमा वर्चश्वशाली र प्रभुत्वशाली समुदायको वा व्यक्तिको दृष्टिकोण, बिश्वास र चाहनाको प्रभाव रहन्छ । मानव समाजमा वर्चश्वशाली र प्रभुत्वशालीबाट नै आफ्नो चाहना बमोजिम सामाजिक नियमहरु र विश्व दृष्टिकोण बन्ने गर्दछ ? निम्न दुइ, प्राचिन चिनिया दार्शनिक र युरोपियन दार्शनिकको भनाईहरु मनन् योग्य छ ? “The more laws and order are made prominent, the more thieves and robbers there will be” – Lao Tzu, and  “In truth, laws are always useful to those with possessions and harmful to those who have nothing”…….. – Jean Jacques Rousseau.

वर्तमान नेपालको सन्धर्भमा, सबै अल्पसंख्यकहरुको राष्ट्र भईकन पनि यहाँका आदिवासीरमुलबासी, जनजातीले आफ्नै भूमिमा आफ्नो रितिरिवाज, भाषा, संस्कृति र मौलिक पहिचानको निमित्त आवाज उठाईरहनु पर्ने वर्तमान अवस्थामा, आफ्नो मौलिक पहिचान स्थापनार्थ आदिवासीरमुलबासी, जनजातीले Top down दृष्टिकोण रोज्ने कि Bottom up दृष्टिकोण रोज्ने भन्ने प्रशंगको चर्चा गर्नु अगाडि वर्तमान रसिया र युक्रेन बीच भईरहेको युध्द सन्धर्भमा The New York Times (2022); March 12,13 मा प्रकाशित David Brooks को This is why Putin can’t backdown भन्ने शिर्षकको विचार लेख बुझ्न सान्धर्भिक हुन्छ, जहाँ रसिया र युक्रेन बीचको युध्द भूमिको लडाईं नभएर Identity र Status को युध्द हो भनेर विचार व्यक्त गरिएको छ ? रसियनहरुमा विश्वका अन्य मुलुकहरु भन्दा बिशेष (Unique and superior) मुलुकमा बसोबास गरिरहेको भावना छ र उक्त भावनालाई राष्ट्रपती पुटिनले आत्मसात गरेका छन् भन्ने कुरा The Red Mirror भन्ने पुस्तकमा बर्णन गरिएको कुरा उक्त विचार लेखमा उल्लेख छ राष्ट्रपती पुटिनले ब्यक्त गरेका बिचार, जस्तै ‘ रसिया नरहे संसार रहेर मात्र के हुन्छ ’ आदि र उनले आत्मसात गरेको रसियन राष्ट्रिय भावना बाट के बुझ्न सकिन्छ भने राष्ट्रपती पुटिनले संसारलाई भन्दा बढि महत्व आफ्नै देश रसियालाई दिईरहेका छन्। यो Bottom up approach को एक उत्कृष्ट उदाहरण हो।

संसारमा प्रचलित Bottom up दृष्टिकोण र Top down दृष्टिकोण दुवै आफैँमा असल र खराव भन्ने हुँदैन, दुवै दृष्टिकोणको आफ्नै विशेषताहरू छन् । यो लेख मार्फत उठाउन खोजिएको बिषय के मात्र हो भने, वर्चश्वशाली र प्रभुत्वशाली समुदाय वा वर्गले राज्यमा कुन दृष्टिकोण अपनाईरहेको छ भन्ने कुरा बहस, अध्ययन र विश्लेषणको बिषय बन्न सक्तछ । नेपालको सन्धर्भमा, जनता निरीह रहेको राणा कालिन र पंचायत कालिन नेपालमा निसन्देह रुपमा Top down approach (दृष्टिकोण) अवलम्बन गरिएको थियो । राज्य संयन्त्र, शाशन र हुकुम केन्द्रिकृत थिए, माथि केन्द्र बाट तल (Top down) शाशन हुन्थ्यो, यो अवस्थामा नेपालका आदिवासीरमुलबासी र जनजातीले आफ्नो आवाज उठाउन सक्ने स्थिती थिएन, आफ्नो मौलिक पहिचानलाई राज्यको मूलधारमा ल्याउन असम्भव नै थियो । एक तन्त्रीय जहानिय राणाकालिन नेपालमा माथि केन्द्रबाट जारी हुने हुकुम, प्रमांगीको आधारमा राज्य संचालन हुने गर्दथ्यो, जसको कारण नेपालका आदिवासीरमुलबासी र जनजातीले आफ्नो धेरै मौलिक पहिचान गुमाए, हिन्दुकृत हुन पुगे, आफ्नो मातृभाषा बिर्सन लागे । परिणाम स्वरूप जाती, भाषा र संस्कृतीले बिबिधता युक्त नेपालमा एकल खस आर्य पहिचान बर्चश्वशाली बन्न पुग्यो । जनतामा पलाएको चेतना, जनबिद्रोह, जनक्रान्ति आदि Bottom up approach को परिणाम राणाकालिन जहानिया शाशन समाप्त भयो । शाशन परिवर्तन भयो तर निर्दलीय पंचायती व्यवस्थाको सुरुवात सँगै फेरी पनि एकल जातीय बर्चश्वतालाई नै निरन्तरता दिईयो । अनेक राजनैतिक नाराहरु सृजित भए, जस्ले वर्चश्वशाली र प्रभुत्वशालीहरुको पहिचानलाई अझ मजबुत बनाउन Top down model को निर्दलीय शाशन व्यवस्थालाई सघाऊ पुग्यो । पंचायतकालिन नेपालमा सृजित अनेक राजनितीक कथ्यहरु (Political narratives), गीतहरु र राष्ट्रिय बिम्बहरु मार्फत नेपाल राज्यलाई माथि बाट तल हेर्ने (Top down) दृष्टिकोणलाई अझ मजबुत पारियो, फलस्वरूप यहाँको बिबिध बिशेष गरेर आदिवासीरमुलबासी र जनजातीको भाषा, संस्कृती र सभ्यताको अस्तित्व र पहिचान झनै फिक्का हुन पुग्यो ।

बदलिँदो विश्व परिवेश सँगै बदलिँदो जनचेतना र जनताको निर्दलीय व्यवस्था प्रतिको विकर्षण र बहुदलीय शाशन पद्धति प्रतिको झुकाव र बिभिन्न राजनैतिक पार्टीरदल हरुको सक्रियताको कारण पंचायतकालिन युग समाप्त भयो र इतिहासको घटना क्रमहरु सँगै जनयुध्द, जनविद्रोह र जनआन्दोलन मार्फत संघीय गणतन्त्र नेपाल संबिधान त स्थापित हुन पुग्यो । तल जनस्तरबाट हुने क्रान्ति, बिद्रोह, आन्दोलन द्वारा माथि शाशन प्रणालीरपद्धति परिवर्तन गर्न सक्ने Bottom up approach मार्फत संसारमा ठुला ठुला राजनैतिक परिवर्तनहरु हुने गर्दछन् तर तल जनस्तरमा उठेका विशिष्ट (Specific) मुध्दाहरु माथि राज्यमा पुगे पछि सामान्यकृत (Generalized) हुने गर्दछ । जनस्तरमा उठेका जनचाहना बमोजिमका विशिष्ट मुध्दाहरुलाई कसरि सम्बोधन गर्ने भन्ने कुरा राज्यको राजनैतिक कुशलता, इमान्दारिता, दुरदर्शिता र दृढ संकल्पमा निर्भर गर्दछ । नेपाल जस्तो बिबिध जाती, भाषा, संस्कृती र सभ्यताहरुको सम्मिश्रणले बनेको इन्द्रेणी राष्ट्रमा सबै जाती, भाषा, संस्कृती र सभ्यताले राज्यमा आफ्नो प्रतिबिम्ब र पहिचान खोज्नु स्वाभाविक हो । नेपालमा शाशन पद्धति र राजनैतिक प्रणालीहरु परिवर्तन भए तर वर्चश्वशाली समुदायको एकल जातीय Top down model को शाशकीय दृष्टिकोण र यहाँका आदिवासीरमुलबासी र जनजातीको राजनीतिमा फितलो भोट बैंकको रुपमा मात्र उपस्थितिका कारण नेपाल र नेपालीको पहिचानलाई सामान्यकृत ९न्भलभचबष्शिभम० गरिएको छ । नेपाली र नेपालीपनको ठोस परिभाषा (यहाँका सबै जाती, भाषा र संस्कृतीलाई समेट्ने) छैन।

 इतिहासक्रममा, संघीय नेपालको जन्म सँगै प्रत्येक संघीय प्रदेशहरुको नामांकन गर्ने अधिकार सम्बन्धित प्रदेशशभालाई नै दियिएको छ । प्रदेश शभा अधिकार सम्पन्न भइकन पनि तत्कालिन प्रदेश नं ३ को नामांकन Top down approach बाट बागमती प्रदेश रहन गयो (यो बिषयमा शायद यहाँ ब्याख्या गर्न जरुरी छैन) तत्कालिन प्रदेश नं २ मा भने Top down approach ले स्थान पाउन सकेन र सोहि प्रदेशका जनता र जनप्रतिनिधीहरुको चाहना बमोजिम Bottom up approachमार्फत (पार्टी निर्देशन बिपरित केहि प्रदेश शभा शभाशद हरुले Floor cross गरेको र प्रदेशको नाम सोही प्रदेशवासीहरुको चाहना बमोजिम भएको) पहिचान झल्कने मधेश प्रदेश रहन गयो ।

जाती, भाषा, संस्कृती र ऐतिहासिक पृष्ठभूमिमा बिशेष रहेको प्रदेश नं १ भने Top down approach र Bottom up approach बिचको अनिर्णित द्वन्दका कारण अझै पनि ‘ प्रदेश नं १ ‘ नै रहेको छ । केन्द्रिकृत र सामान्यकृत (Generalized) गरिएको नेपाल र नेपालीपनको नजरबाट प्रदेश नं १ को विशिष्ट (Specific) पहिचान देख्न र बुझ्न सकिँदैन । प्रदेश नं १ ले पहिचान झल्कने नाम पाउन Bottom up approach आवश्यक भईसकेको कुरा घटना क्रमहरुले देखाईसकेको छ । Bottom up दृष्टिकोणबाट संघीय राज्यहरुरप्रदेशहरु मजबुत हुने र देश सक्षम हुन सक्तछ भन्ने कुरा शक्ति राष्ट्र अमेरिकाका दुइ राष्ट्रपतीहरु Barack Obama र Donald Trump को निम्न भनाइहरुस “ I was elected because I believed in what we call grass roots politics, politics from the bottom up, not the top down “ and “ I don’t think top down works in America “ बाट पनि बुझ्न सकिन्छ ।

नेपाल जस्तो बिबिध जाती, भाषा, संस्कृती, सभ्यता र इतिहासको सम्मिश्रण भएको मुलुकमा प्रत्येक जाती, भाषा, संस्कृती र सभ्यताहरुको आआफ्नै विशिष्ट (Specific) अस्तित्व र पहिचानहरु छन् । वर्तमान नेपाल राज्यको जन्म हुनु भन्दा पहिले देखि नै यहाँ बिबिध जाती, भाषा, संस्कृती र सभ्यताको अस्तित्व थियो, यसैलाई Bottom up दृष्टिकोणबाट हेर्दा बिबिध जाती, भाषा, संस्कृती र सभ्यताको सम्मिश्रणबाट नै नेपाल राज्य बनेको हो । उदाहरणस परापूर्व काल देखि नै लिम्बू (याक्थुङ) हरु यस भूमिमा बसोबास गरिरहेका थिए, नेपाल राज्यको स्थापना भएपछि मात्र उनीहरु अस्तित्वमा आएका होइनन । निष्कर्षमा भन्नु पर्दा, नेपाल राज्यको जातीय, भाषिक, सांस्कृतिक र ऐतिहासिक बिबिधताहरुको विशिष्ट अस्तित्व र पहिचानलाई उचित सम्बोधन गर्दै विश्व समुदायमा सवल र सक्षम ‘ नेपाल ’ चिनाउन Bottom up दृष्टिकोणको सान्धर्भिकता धेरै महत्वपूर्ण देखिन्छ ।


क्याटेगोरी : विचार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्