Techie IT
  • ९ चैत्र २०८१, आईतबार
Sajha Hub

बालबालिका बिगार्दै अभिभावक


हिरा मगर
काठमाडौं । एउटै फ्याटमा बस्ने दिदी केही हप्ताको अन्तर पछि आएको आफ्नो श्रीमान् सँग स-परिवार बाहिर जानुभयो । म आफ्नो कार्यकक्षमा बसेर धैरैजसो अभिभावकले आफ्नो बालबच्चा प्रति गर्ने गुनासोको विषयमा भिडियो स्कृप्ट तयार गर्दै थिए । केही समय पछि उहाँहरुको आगमन भयो । एउटी ७ वर्षकी छोरी र भर्खरै ६ महिना पुग्दै गरेको छोराको पालन पोषण गर्दै आएकी दिदीको आफ्नो छोराछोरी प्रतिको गुनासो पनि आम अभिभावकको जस्तै थियो ।

फलानोको छोराछोरीले कस्तो राम्रो पढ्छ भनेको कुरा मान्छ हाम्रो त के भाको होला ?

यो बच्चाले भनेको कुरा पटक्कै मान्दैन । पढ्दै पढ्दैन, खाली आईप्याडमा झुन्डिने, भिडियो गेम खेल्ने, चकचक गर्ने वा अरु अरु काम गरेर बस्छ कसरी सुधार्ने होला ? हैरान भैसक्यो कराउँदा कराउँदै । फलानोको छोराछोरीले कस्तो राम्रो पढ्छ भनेको कुरा मान्छ हाम्रो त के भाको होला ?

यस्तो गुनासो दैनिक सुन्ने गरेको मैले एक दिन सोधे “दिदी नानीलाई किन आईप्याड किनिदिनु भएको त?” दिदीको जवाफ थियो “बाबाचैँ आउँदा बाबालाई मोबाईल चलाउनै नदिने अनि छोरीले आईप्याड माग्यो बाबाचैले किन्दियो”, अहिले उठेदेखि खाली आईप्याडमा भिडियो हेरेर बस्छ पढाईमा ध्यानै छैन, केही भनेकै मान्दैन ।

छोरीलाई स्कुल पठाउन र फर्केपछि होमवर्क गराउन दैनिक सकस बेहोर्दै आएकी दिदीले भर्खर ६ महिना पुग्दै गरेको छोराको नाममा पनि एउटा मोवाईल राखेकी छिन् । चार जनाको परिवारमा चार मोवाईल फोन । त्यति मात्र कहाँ होर दिउँसो बाहिर गएर आएपछि ६ महिना पुग्दै गरेको बाबुले पनि झिल्के चस्मा लगाएर म भए तिर ता….ता…गर्दै आयो । मैले “ओहो बाबु जी त चस्मा लगाएर हिरो भएछ भन्दै दिदीलाई सोधे “बाबुलाई नि चस्मा किन्दिनु भएको ?” कोठा भित्र बाट दिदीको जवाफ आयो “मोवाईल हेर्नको लागि ।”

जन्मिएर ६ महिना भएको छैन आफ्नो सहजताको लागि मोवाईल वा आईप्याड हेर्ने लत लगाएर छोरा छोरीले मोबाईल हेर्न छोडेर किताब पढोस्, भनेको कुरा मानोस् भन्ठान्ने दोषी तपाई कि तपाईको बालबच्चा ? सुध्रिनु पर्ने तपाई कि तपाईको बालबच्चा ? बाल बालिका भनेको काचो माटो हो । जस्तो आकार दियो त्यस्तै बन्छ भन्ने कुरा सबै अभिभावक लाई थाहा छ तर कार्यन्वयन खोई ?

पछिल्लो समय त समस्या झन भयाबह हुँदैछ । अभिभावकहरु फुर्सद पाउने वित्तिकै टिकटक, फेसबुक, युट्युव जस्ता सामाजिक संजालमा रमाउने प्रवृति मौलाउदै जादाँ आफ्नो सन्तानको भविष्य माथि नै ठुलो खेलवाड भैरहेको छ । जसरी हुन्छ अभिभावक लाई सहजता चाहिएको छ । बालबच्चा लाई मोवाईल वा आईप्याडमा भुलाएरै भएपनि टिकटक बनाउने, लाईभ जाने वा कुनै काममा व्यस्त हुने प्रवृत्ति बढ्दो छ तर त्यस्ता ईलेक्ट्रोनिक डिभाईसको प्रयोगले बालबच्चाको शारीरिक र मानसिक रुपमा कस्तो असर पर्छ भन्ने कुराको अभिभावक लाई कुनै मतलब नै छैन । बस् छोराछोरी चुप छन् र कुनै काम गर्न सहज भएको छ ।

नत अभिभावकले बाल मनोविज्ञान नै बुझ्ने प्रयास गरेका छन् । बाच्चाहरु चञ्चले स्वभावका हुन्छन् उनीहरु उफ्रिदै खेल्दै आरामले खाना खान चाहान्छन्, निदाउँन चाहान्छन् तर अभिभावकलाई चाहिएको छ आफुले जस्तै थपक्क एक ठाउँ बसेर फटाफट खाना खाईदियोस् । सुताउन, फकाउन काखमा बोकेर डुलाई रहन नपरोस् । यस्तो मनोविज्ञान नै समस्याको मुल कारण हो । बल मनोविज्ञान नबुझि आफु अनुकुल काम गराउन सुरुमा फकाउने, नमाने तर्साउने, नमाने पड्काउने मनोविज्ञान सबै अभिभावकमा हाबी छ ।

“आफ्नो बालबालिकालाई खेलौना कार दिएन भने एकछिन रुन्छ तर संस्कार दिएन भने जीवनभरी रुन्छ ।” एक चोटि सबै अभिभावकले मनन् गरौँ । अभिभावक बन्ने तरखरमा रहेकाहरुले पनि गम्भिर भएर सोचौँ । मैले मेरो सन्तानलाई कस्तो संस्कार दिदैँछु वा दिनेवाला छु ? कतै क्षणिक सहजताको लागि जीवनभर असहज हुने वातावरण निम्त्याई रहेका छैनौँ ? ।

जन्मिएर ६ महिना भएको छैन आफ्नो सहजताको लागि मोवाईल वा आईप्याड हेर्ने लत लगाएर छोरा छोरीले मोबाईल हेर्न छोडेर किताब पढोस्, भनेको कुरा मानोस् भन्ठान्ने दोषी तपाई कि तपाईको बालबच्चा ? सुध्रिनु पर्ने तपाई कि तपाईको बालबच्चा ? बाल बालिका भनेको काचो माटो हो । जस्तो आकार दियो त्यस्तै बन्छ भन्ने कुरा सबै अभिभावक लाई थाहा छ तर कार्यन्वयन खोई ?

सन्तान जन्माउनु ठुलो कुरा होईन तर जन्माईसके पछि सु-संस्कार दिएर हुर्काउनु एउटा जिम्मेवार अभिभावकको सबैभन्दा ठुलो कर्तव्य हो । भनिन्छ नि “आफ्नो बालबालिकालाई खेलौना कार दिएन भने एकछिन रुन्छ तर संस्कार दिएन भने जीवनभरी रुन्छ ।” एक चोटि सबै अभिभावकले मनन् गरौँ । अभिभावक बन्ने तरखरमा रहेकाहरुले पनि गम्भिर भएर सोचौँ । मैले मेरो सन्तानलाई कस्तो संस्कार दिदैँछु वा दिनेवाला छु ? कतै क्षणिक सहजताको लागि जीवनभर असहज हुने वातावरण निम्त्याई रहेका छैनौँ ? ।

मोवाईल एडिक्सनलाई आधुनिक युगको ड्रक्स मानिन्छ । यसले बालबालिकाकोे शारिरीक तथा मानसिक रुपमा ठुलो असर पार्छ । ति असरहरु यस्ता छन् ।

शारिरीक समस्या
टाउको दुख्ने, आँखा दुख्ने, आँखा कमजोर हुने, अल्छी हुने, ढाड कम्मर दुख्ने, समयमा निद्रा नलाग्ने, सम्झने शक्ति कमजोर हुने, नराम्रो कुराहरु बोल्ने, ढिलो प्रतिक्रिया दिने, आँखा जुधाएर कुरा गर्न नसक्ने, एक्लै बस्ने आदी ।
व्यवहारिक समस्या
छिटै रिसाउने, एक्लै बस्न मन पर्ने, भनेका कुरा नमान्ने, पढाईमा ध्यान नदिने, चिडचिडापन हुने, आक्रमक हुने, हिंसात्मक गतिविधि गर्ने, डिप्रेश हुने, आत्महत्याको सोच आउने, आत्महत्याको प्रयास गर्ने आदी ।
अभिभावकले के गर्नु पर्छ ?
पहिले अभिभावकले बाल मनोविज्ञानलाई बुझ्ने र व्यवहार गर्ने ।
– बच्चाहरु खेल्दै-खेल्दै खान मन पराउँछ । एकैठाउँ बसेर खाएन, सुतेन, झगडा गर्यो भनेर गालि गर्ने वा मोवाईल, आईप्याड, टेलिभिजन जस्ता डिभाईसमा कार्टुन वा गेममा भुलाएर खुवाउने, फकाउने बानी नपार्ने ।
– बालबालिका आफु सँगै रहेको बेला मोवाईल वा टेलिभिजनको प्रयोग एकदमै कम गर्ने र उनीहरुसँग धेरै भन्दा धेरै समय बिताउने ।
– बालबालिकाले भेट्ने ठाउँमा मोवाईल नराख्ने र भेटिहाल्यो भने पनि खोल्न नसक्ने पासवर्ड राख्ने ।
– बालबालिका लाई पढ्ने बातावरणको निर्माण गरिदिने र सकेसम्म होमवर्क गर्ने समयमा आफु पनि सँगै बसेर सपोर्ट गर्ने । तर मोवाईल वा अन्य डिभाईस चलाएर नबस्ने बरु छोरा छोरीकै किताव वा अन्य बुक पढ्दै बस्ने । जसले गर्दा बालबालिकाको अन्य कुरामा ध्यान जाँदैन ।
– पढ्ने बाहेकको समयमा के-के गर्ने वा के-के सिकाउने भन्ने कुराको तालिका बनाउने । जस्तैः बालबालिका सँगै फिजिकल एक्सरसाईज गर्ने वा गेम खेलाउने, केही खानेकुरा पकाउन सिकाउने, कोठा सफा गर्न, लुगाा धुन लगाउने आदि कामहरुमा व्यस्त राख्न सकिन्छ ।

आदेश पालन गर्ने बानी लागेको बाल बच्चाले भविष्यमा आउने सुनौलो अवसरहरुलाई गुमाउने सम्भावना धेरै हुने कुरा मनोबैज्ञानिकहरुको तर्क छ किनकी अभिभावक बाट आफ्नो निणर्य आफै गर्न सक्नु पर्छ भन्ने कुरा सिक्न पाएको हुँदैन । आफै निणर्य लिने कुरामा डराउँछन् र अरु कसैको साहायता खोज्ने मनोविज्ञानका हुन्छन् ।

– अभिभावकले आफ्नो पनि दैनिक कामको तालिका बनाएर काम गर्ने र बालबच्चा लाई पनि दैनिक समय तालिकामा पढ्न, लेख्न, खेल्न तथा अन्य क्रियाकलाप गराउन सिकाउने ।
– बेलुका आजको दिन कस्तो भयो ? के के काम पुरा गर्न सके वा सकेन समिक्षा गर्ने र भोलिको योजना बनाउन सानै देखि सिकाउने । जस्ले गर्दा तपाईको सँगै वालबालिकामा धेरै सकरात्मक परिवर्तन आउँछ ।
– आफ्नो सन्तान भविष्यमा हर कुनै क्षेत्रमा सफल होस् भन्ने चाहानुहुन्छ भने आजै देखी उनीहरुको लक्ष्य निर्धारण गर्न सिकाउने र भिजन बोर्ड बनाई दिने ।
– आफ्नो बालबालिका लाई सँधै मिठास पुर्वक सकरात्मक कुरालाई प्राथमिकता दिएर बोल्ने र उत्प्रेरणा दिई रहने ।
– माया, आदर सत्कार गर्न सिकाउने ।
– बच्चाहरु हरेक कुरा जान्न उत्सुक हुन्छ र प्रश्न सोधि रहने मनोविज्ञानका हुन्छन् सोधेको प्रश्नको उत्तर दिन झर्काे नमान्ने साथै झुटो कुरा नबताउने ।
– केही कुरा विगारिहाल्यो भने पनि गालि नगर्ने बरु यो गरेर के बेफाईदा भयो वा के पाठ सिक्यौँ भनेर सोध्ने र बुझाउने ।
– बाल बालिका लाई उमेर बढेसँगै साथीको रुपमा ब्यवहार गर्दै जाने ।
– बाल बच्चाहरुले आमाबुवा बाट नै धेरै कुरा सिक्ने भएकोले मोवाईल वा अन्य डिभाईसमा खर्च गर्ने समयलाई किताव अध्ययनमा लगाउने र उनीहरुको लागि पनि बुक स्टोर वा लाईब्रेरी बनाई दिने र सँग सँगै पढ्ने ।
– बच्चाहरुको सिक्ने तरिका कुन हो भनेर पत्ता लाउने र सिकाईमा बाधा नपार्ने ।
– बालबच्चा लाई आदेश पालक होईन आफ्नो निणर्य आफै लिने अवसर बढि भन्दा बढी दिनु पर्छ । ताकी भविष्यमा आउने अवसर लाई सही समयमा सही निणर्य लिन सजिलो हुन्छ ।
– आफ्नो काम आफै गर्न हौसला दिने र सिकाउने ।

बाल-बालिकाले मान्दैन किनकी बालबालिकाहरु अरुको निर्देशन पालना गर्ने भन्दा पनि आफ्नो निणर्य आफै गर्न वा के गर्ने छनोट गर्न मन पराउँछन् ।

बालबालिकालाई भनेको कुरा मान्ने बनाउने कसरी त ?
अभिभावकले आफ्नो बाल बच्चालाई कुनै काम गर्न लगाउनु भन्दा अगाडि म के गराउन चाहान्छु भन्दा पनि बालबच्चाले के चाहान्छ ? उसको मुड कस्तो छ ? भन्ने कुरा बुझ्न जरुरी हुन्छ । त्यसै अनुसार मायाले फकाउँदै काम लगाउनु पर्छ । यदि कुनै काम नगराई नहुने छ भने गालि वा डर देखाएर भन्दा पनि मायाले सम्झाएर विकल्प छनोटको पद्धति अपनाउनु पर्छ ।

प्रायजसो सबै अभिभावकले स्कुलबाट आउने वित्तिकै बाबु अब लुगा फेर, अनि हात खुट्टा धोएर खाजा खाउ अनि होमवर्क गर । यो गर ऊ गर भनेर कामको थुप्रो एकैचोटि थुपार्ने गछौँ । अथवा कुन पछि कुन काम गर्नै पर्ने प्रक्रिया दिन्छौँ । यस्तो कुरालाई बाल-बालिकाले मान्दैन किनकी बालबालिकाहरु अरुको निर्देशन पालना गर्ने भन्दा पनि आफ्नो निणर्य आफै गर्न वा के गर्ने छनोट गर्न मन पराउँछन् ।

जस्तै, (प्रश्न गर्ने तरिका ।)
आमा : बाबु पहिले खाजा खाने कि होमवर्क गर्ने ?
बाबु : पहिले खाजा या होमवर्क (आफ्नो खुशीले छनोट गर्छ त्यहा कुनै बाध्यकारी नियम छैन । त्यो २ अप्सन बाहेक अर्काे सोच्दैन यो मनोबैज्ञानिक तत्थ्य हो ।)
अथवा,
आमाः बाबु वा नानी पहिले होमवर्क गर्ने कि आधा घण्टा खेलेर होमवर्क गर्ने ? (यदि खेले पछि होमवर्क गर्ने भन्यो तर आधा घण्टा भन्दा बढी खेलिरह्यो भने बाबु वा नानी अघि आफै आधा घण्टा खेलेर होमवर्क गर्ने भनेको होईन समय सकियो अब होमवर्क गर भन्नु भयो भने बालबालिकाले आफुले गरेको निणर्य लाई नकार्दैन होमवर्क गर्न सुरु गरिहाल्छन् । यसरी नै धेरै कामहरु गर्न लगाउन सक्छौ र विस्तारै नयाँ बानीको विकास गर्न सक्छौँ ।)

धेरै अभिभावकहरुको चाहाना हुन्छ कि छोराछोरीले भनेको कुरा खुरुखुरु मान्ने होस् कुनै कुरा इन्कार नगरोस् तर अरुको मात्र आदेश पालन गर्ने बानी लागेको बाल बच्चाले भविष्यमा आउने सुनौलो अवसरहरुलाई गुमाउने सम्भावना धेरै हुने कुरा मनोबैज्ञानिकहरुको तर्क छ किनकी अभिभावक बाट आफ्नो निणर्य आफै गर्न सक्नु पर्छ भन्ने कुरा सिक्न पाएको हुँदैन । आफै निणर्य लिने कुरामा डराउँछन् र अरु कसैको साहायता खोज्ने मनोविज्ञानका हुन्छन् ।
तपाईको सन्तान तपाईको मात्र होईन यो समाज, राष्ट्र र ब्रहमाण्डकै अमुल्य सम्पत्ति हो । हरेक अभिभावकले यो समाज, राष्ट्र र ब्रमाण्डको लागि केही दिनु पर्दैन मात्र एउटा असल सन्तान दिने प्रण गरौँ, बस् त्यति भए पुग्छ ।

(लेखक : एन.एल.पी प्राक्टिशनर तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाग्मति प्रदेश सस्दय पनि हुन् ।)


क्याटेगोरी : विचार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्