Techie IT
  • २ साउन २०८२, बिहीबार
Sajha Hub

विश्वकै ठूलो शालीग्राम शिला डुब्यो, सेतिवेणी बजार जोखिममा


स्याङ्जा

अविरल बर्षाका कारण कालीगण्डकी नदिको बहाब बढेपछि विश्वकै ठुलो शालीग्राम शिला डुबानमा परेको छ ।

स्याङजा, पर्वत र गुल्मीको सिमानामा रहेको ऐतिहासिक सेतीवेणी बजारमा अवस्थित शिला कालीगण्डकी र सेतीखोलामा बढेको पानीको बहाबले डुबानमा परेको हो ।

नेपालकै सवैभन्दा ठूलो कालीगण्डकी ‘ए’ जलबिद्युत आयोजनाको बाँधका कारण पनि ठुलो बर्षा भई बाढि आउँदा सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको छ ।

पानीको सतह बढेसँगै सेतीबेणीबजार डुबानको खतरा बढेपछि स्याङ्जातर्फको बजार क्षेत्र सँगसँगै पर्वतमा पर्ने बजार क्षेत्रसमेत डुबानको उच्च जोखिममा पर्ने गर्छ ।

कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुबानमा परेको हो । शालीग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबाएसँगै पुजारी र पण्डितहरु विस्थापित भएका छन् ।

शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबियन समेत पानीले पुरिदिएको छ । बहाब ह्वात्तै बढेपछि स्थानीयले रातभर जाग्राम बसेका छन् । विगत १० वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा ३ दर्जन घरपरिवार बिस्थापित बनेका थिए त्यस्तै २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको थियो ।

पानीको सतह बढेपछि कालीगण्डकी ’ए’ को बाँधका सबै ढोका खोलिएपछि पानीको सतह घट्दै गएको छ । बजार क्षेत्रमा अहिलेसम्म कुनै क्षति नपुगेको स्थानिय प्रहरी चौकीले जनाएको छ ।

बर्षाको कारण सेतिवेणी बजार उच्च जोखिममा हुने भएकाले हरेक बर्षामा स्थानिय त्रसित हुने गर्दछन् । विश्वकै ठुलो शालीग्राम साथै धार्मिक धाम र सेतिवेणी बजारको डुवानको जोखिमलाई घटाउन केहि प्रयासहरु भएपनि दिगो र प्रभावकारी कामको भने कमि भएको देखिन्छ ।


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्