Techie IT
  • ९ चैत्र २०८१, आईतबार
Sajha Hub

चिनियाँ राजदुत होउ यान्छीको राष्ट्रपति देखि नेकपा नेताहरु संग भेटवार्ता


काठमाडौं ।

चिनियाँ राजदूत होउ यान्छीले पछिल्लो पल्ट नेपाल कम्युनिस्ट पार्टीका नेकपाको प्रचण्ड समूहका अध्यक्ष माधव नेपाललाई भेट गर्नु भएको छ।

नेकपाको विवादमा चिनियाँ राजदूतले समन्वयकारी भूमिका खेल्दै आएको आरोप लाग्दै आएको छ। विवाद उत्कर्षमा पुगेका बेला दुई छिमेकीहरु सक्रिय हुने गरेको बताइन्छ।

हाल नेकपा विभाजितको अबस्थामा छ। अध्यक्ष केपी ओली र प्रचण्ड समूहले एक अर्कालाई अध्यक्षको भूमिकाबाट हटाएका छन्।

कोटेश्वरस्थित नेपालकै निवासमा यान्छीले भेट गरेको नेपालको सचिवालयले जानकारी दिएको छ। यान्छीले प्रचण्ड समूहले नेपाललाई अध्यक्ष बनाएपछि पहिलोपटक भेट गर्नु भएको हो ।

यसअघि बिहीवार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई, पुर्व सभामुख कृष्ण बहादुर महरा सँग पनि छुट्टा छुट्टै भेट गर्नु भएको थियो । विहान प्रचण्ड निवास खुमलटारमा यान्छीले एक घण्टा भेटवार्ता गर्नु भएको थियो । त्यसअगाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नु भएको थियो ।


क्याटेगोरी : अन्य, कुटनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्