चिनियां राष्ट्रपतिद्वारा पांच उच्च सैन्य अधिकारीको बढुवा, वेस्टन थ्रेटर कमाण्डका जर्नेल पनि फेरीए

एजेन्सी । चिनियां राष्ट्रध्यक्ष सी जिनफिंङले सेनाका पांच अधिकारीहरुलाई जनरल पदमा बढुवा गरेका छन् । केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले सोमबार पांच जना उच्च सैनिक अधिकारीलाई जनरलमा बढुवा गरेका हुन ।
बढुवा हुनेमा नेपाल र भारतसंग सीमा जोडिएको क्षेत्र हेर्ने चीनको पश्चिम थ्रेटर कमाण्डका कमाण्डर वांग हैजियांग, सेन्ट्रल थ्रेटर कमाण्डका प्रमुख लीन सियांगग्यांग, पिएलए नेभीका कमाण्डर डोंग जुन, पिएल एयर फोर्सका प्रमुख चांग डिंगक्वु र पिएलए डिफेन्स युनिभर्सिटीका अध्यक्ष सु सुइकुयांग रहेका छन् ।
चीनमा जनरल पद सेनाको सबैभन्दा उच्च तहको पद हो । चीनमा वितेका ९ महिनामा कमाण्ड तहमा गरिएको यो तेस्रो परिवर्तन हो । भारतसंग सीमा विवाद रहेको क्षेत्रमा चीनले वेस्टन थ्रेटर कमाण्डका कमाण्डर बारम्बार परिवर्तन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
गत जुलाईमा जनरलमा बढुवा गरिएका पश्चिम थ्रेटर कमाण्डका कमाण्डर सु क्वुलिंगको भुमिका भने के हुने अझै स्पष्ट भएको छैन । उनि अहिले ५९ वर्षका मात्र भएका छन् भन् उनले ६५ वर्षमा सेनाबाट अवकास पाउनेछन् ।
पश्चिम थ्रेटर कमाण्डका जनरल बारम्वार परिवर्तनको कारण भने अझै स्पष्ट भएको छैन । पछिल्लो समय सबैभन्दा बढी परिवर्तन भने यही कमाण्डमा भएको छ ।
केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष झांग युसियाओले उनिहरुको सोमबार बढुवाको घोषणा गरेका हुन ।
क्याटेगोरी : अन्तरास्ट्रिय, राजनीति, समाचार, सुरक्षा
तपाईको कमेन्ट लेख्नुहोस्