Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
Sajha Hub

सागमा नेपालका ५९३ खेलाडीले भाग लिने


काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालबाट ५९९ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष तयारी गरिएको छ।

बन्द प्रशिक्षणमा रहेका भारोत्तोलनका महिला र पुरुष गरी ३(३ इभेन्टमा प्रतिस्पर्धी नपुगेकाले बन्द प्रशिक्षण गरेपनि सभागिता जनाउन नपाउने भएका छन्। जसका कारण आगामी मंसिर १५ देखि २४ गतेसम्म हुने सागमा नेपालका ५९३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। सागमा भाग लिने खेलाडीमा ३०९ पुरुष र २८४ महिला रहेका छन्।

सागमा आर्चरीका १६, एथ्लेटिक्सका ४४, ब्याडमिन्टनका २०, बक्सिङका १६, फेन्सिङका २४, जुडोका २०, करातेका ३३, सुटिङका २२ खेलाडीले भाग लिनेछन्। समितिले २१ खेलले वैदेशिक प्रशिक्षण प्राप्त गरेको जनाएको छ।


क्याटेगोरी : खेलकुद

तपाईको कमेन्ट लेख्नुहोस्