घुससहित नायब सुब्बा पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल, काभ्रेका नायब सुब्वा रोशकाजी जसपाउलाई २० हजार घुससहित पक्राउ गरेको छ ।
नासु जसपाउले बिक्री गरेको जग्गाको राजश्व र लाभकरसमेत दाखिला गरी जग्गा धनी प्रमाण पुर्जा लिने प्रयोजनका लागि मालपोत कार्यालय गएका सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
अख्तियारका अनुसार नासु जसपाउलाई बीस हजार घुस लिईरहेको अवस्थामा निजकै कार्यालय परिसरबाट उक्त रकमसहित बुधबार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : अपराध
तपाईको कमेन्ट लेख्नुहोस्