जागिर लगाइदिने भन्दै बलात्कार प्रयास

काठमाडौँ – एक युवतीलाई बलात्कार प्रयास गरेको अभियोगमा सिनामंगलस्थित कन्सल्टेन्सी मिता इन्टरनेसनल प्रालिका सञ्चालक रोहितकुमार ढुंगाना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका ढुंगानालाई शुक्रबार पक्राउ गरेको हो । उनले जागिर लगाइदिने प्रलोभनमा बलात्कार प्रयास गरेको पीडितको भनाइ छ ।
ढुंगानालाई सहयोग गरेको भन्दै प्रहरीले नेपालगन्जका दुई युवतीलाई समेत काठमाडौंबाटै पक्राउ गरेको छ । ललितपुर प्रहरी प्रवक्ता एसपी दुर्गा सिंहले उनीहरूलाई अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान अघि बढाउन लागिएको जानकारी दिइन् ।
ढुंगानाले बिहीबार कन्सल्टेन्सीमा जागिर मिलाइदिने भन्दै ती युवतीलाई बानेश्वर बोलाएका थिए । ढुंगानाका साथमा रहेका दुईमध्ये एक युवतीलाई उनले मीत बहिनी बनाएका थिए । उनै बहिनीमार्फत पीडित युवती जागिर खोज्दै ढुंगानाको सम्पर्कमा आएको खुलेको छ । शुक्रबार घटनाबारे ललितपुर प्रहरीमा उजुरी परेपछि ढुंगानासहित दुई युवती पक्राउ गरेका हुन् ।
क्याटेगोरी : अपराध
तपाईको कमेन्ट लेख्नुहोस्