प्रहरीलाई घुस दिन खोज्ने दुई पक्राउ

ललितपुर– प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई प्रहरलिे पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-१२ लगनखेलस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने ललितपुर हरिसिद्धि बस्ने २५ वर्षीय सन्दिप महर्जन र रिपु महर्जनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा खटिएको प्रहरीले बा।८८ प ६१२ नम्बरको स्कुटर जाँच गर्दा स्कुटरमा सवार उनीहरुलाई अवैध लागूऔषध गाँजा करिब ५० ग्राम सहित फेला पारी नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरीलाई उक्त नगद दिन खोजे पछि उक्त नगद तथा गाँजा सहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
क्याटेगोरी : अपराध
तपाईको कमेन्ट लेख्नुहोस्