Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

मेडिसिटीका डाक्टर बलात्कारको आरोपमा पक्राउ


काठमाडौं – बलात्कार प्रयासको आरोपमा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सकलाई प्रहरीले गरेको छ । बलात्कार प्रयासको आरोपमा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितकुमार झालाई प्रहरीले पक्राउ गरेको हो।

उनले आफू कार्यरत कार्यालयबाट नियमित जाँचका लागि आएकी युवतीमाथि बलात्कार प्रयास गरेका थिए। महानगरीय प्रहरी परिसर ललितपुरले पीडित युवतीको जाहेरीपछि झालाई नियन्त्रणमा लिएको हो।

परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले ती महिलालाई उपचारको क्रममा झाले बलात्कार प्रयास गरेको बताए। उहाँ नियमित जाँचका लागि आउनु भएको रहेछ,’ एसएसपी राईले भने ‘उपचारका क्रममा करणी उद्योग भएको भन्ने जाहेरी आएको हो।’


क्याटेगोरी : अपराध
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्