जुवातास खेलिरहेको अवस्थामा पक्राउ

पर्सा –जुवातास खेलिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका-४ स्थित पोखरीको डिलमा कौडा र तास खेलिरहेको अवस्थामा बहुदरमाई नगरपालिका-९ बस्ने ५० वर्षीय बेराहिम मियाँ र वीरगंज महानगरपालिका-२६ सुगौली बस्ने ३६ वर्षीय लालबाबु पटेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।
ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नगद ९१ हजार ८ सय ९० नेपाली रुपैयाँ, २८ हजार २ सय भारतीय रुपैयाँ, १६ वटा कौडा र ३ सेट तास समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध
तपाईको कमेन्ट लेख्नुहोस्