Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
Sajha Hub

सशस्त्रका घुमुवा पाँच हजार घुससहित पक्राउ


विराटनगर – विराटनगर महानगरपालिका ११ स्थित बसपार्कबाट सशस्त्र प्रहरीका घुमुवा घुस रकमसहित सोमबार दिउँसो पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई ५ हजार ५ सय रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

मोरङको ग्रामथान गाउँपालिकास्थित तेतरिया घर भएका उनी केही समयदेखि विराटनगरस्थित सशस्त्र प्रहरीको बीओपी पोस्ट बखरीमा कार्यरत रहेर सादा पोसाकमा घुमुवाका रुपमा परिचालित थिए ।

अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै व्यापारीसँग लिएको घुससहित पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार घुस वापत लिएको रकम बसपार्कमा रहेको अप्सरा गेस्ट हाउस मुनी सञ्चालन गरिएको किराना पसलमा लुकाएर राखेको अवस्थामा फेला पारिएको थियो । कारबाही अघि बढाउन विश्वासमाथि आवश्यक अनुसन्धान सुरु गरिने ढकालले बताए ।


क्याटेगोरी : अपराध

तपाईको कमेन्ट लेख्नुहोस्