जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

भक्तपुर – महानगरीय प्रहरीवृत्त ठिमीले जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडेलाई पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित बा.२ ख ६२०५ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा काठमाडौं जडीबुटी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- ६ घर भएका ३० वर्षीय गोपी कुंवर सहित १० जनालाई नगद १ लाख ६३ हजार ४ सय १५ रुपैयाँ र २ बुक तास सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरीवृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध
तपाईको कमेन्ट लेख्नुहोस्