एपीएफ टोलीद्वारा कटुवा पेस्तोल बरामद

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित गोविन्दपुरबाट शनिबार एपीएफ टोलीले एउटा कटुवा पेस्तोल तथा सोको दुई राउण्ड गोली बरामद गरेको छ ।
सोही ठाउँमा रहेको बाँसको झ्याङ्मा प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त कटुवा पेस्तोल तथा गोली सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला एपीएफ टोलीले उक्त पेस्तोलसँगै रहेको १५ बोतल डाईलेक्स डिसी नामक लागूऔषध समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद पेस्तोल तथा सोको गोली र उक्त लागूऔषध ईलाका प्रहरी कार्यालय सखडामा बुझाएको छ ।
क्याटेगोरी : अपराध
तपाईको कमेन्ट लेख्नुहोस्