Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
Sajha Hub

प्रहरी पुग्दा बमजन आश्रमबाटै फरार


काठमाडौं – सिन्धुलीको कमलामाई नगरपालिका ८ पहिरेमा आश्रममा रहेका रामबहादुर बमजनलाई पक्राउ गर्न गएको प्रहरी टाेली रित्तो हात फर्किएको छ । शुक्रबार बिहानै सिन्धुलीस्थित उनको आश्रममा पुगेको प्रहरी टोली उनलाई फेला पार्न असफल भएको हाे ।

‘जहाँ उनी छन् भन्ने सूचना पाइएको थियो, प्रहरी टोली पुग्दा उनी भेटिएनन्,’ सिन्धुली जिल्ला प्रहरी कार्यालयकी प्रमुख एसपी रञ्जु सिग्देलले टेलिफोनमा नेपालखबरसँग भनिन्, ‘सट्टामा आश्रमका एकजना गुरुलाई सोधपुछका लागि प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।’ उनको नाम भने आफूलाई थाहा नभएको उनले बताइन्।

बलात्कार, हत्या, व्यक्ति बेपत्ताजस्ता आरोप लागेका बमजनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले बिहीबार दिएको अनुमतिअनुसार उनलाई पक्राउ गर्न प्रहरी परिचालन भएको उनले जानकारी दिइन्। ‘


क्याटेगोरी : अपराध

तपाईको कमेन्ट लेख्नुहोस्