Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
Sajha Hub

गुण्डागर्दी गरेकाे आरोपमा पासलाल पक्राउ


काठमाडौं – पटक पटक गुण्डागर्दीमा संलग्न रही फरार सहँदै आएका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ बोल्दे घर भएका पासलाल तामाङ पक्राउ परेका हुन्। उनी समेतका ब्यक्तिहरुले बलेफी हाईड्रोपावर काम गर्ने ठेकदार र अरु व्यक्तिहरुलाई पनि हातहतियार देखाई ज्यान मार्ने धम्की दिएको तथा महिलासमेतलाई अभद्र व्यबहार गरेको प्रहरीको आरोप छ।

मंगलबार जडिबुटीबाट पक्राउ परेका पासलाललाई अभद्र ब्यबहार सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कार्वाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ।

उनी कर्तब्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल भुक्तान भई छुटेको बताइन्छ। यस्तै, सिन्धुपाल्चोमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको थाह भएको छ।


क्याटेगोरी : अपराध

तपाईको कमेन्ट लेख्नुहोस्