बैतडीमा एक लाख घुस सहित इन्जिनियर भट्ट पक्राउ

बैतडी – बैतडीमा घुस रकमसहित एक जना इन्जिनियर पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर सुरेशराज भट्ट रहेका छन् ।
उनलाई बुधबार बिहानै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुस रकमसहित पक्राउ गरेको हो । भट्टले चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घुस माग्दै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरले जनाएको छ ।
क्याटेगोरी : अपराध
तपाईको कमेन्ट लेख्नुहोस्