Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

दक्षिणकाली चम्पादेवी मा.वि.को सुविधा सम्पन्न २४ कोठे भवन बन्ने


काठमाण्डु

दक्षिणकाली नगरपालिका १ बोसनमा रहेको श्री चम्पादेवी माध्यामिक विद्यालयको सुविधा सम्पन्न २४ कोठाको भवननिर्माण हुने भएको छ ।
भारतीय दूतावासको आर्थिक सहयोगमा उक्त २४ कोठे भवन निर्माण हुन लागेको हो ।

१० करोड १३ लाख लागतमा डेढ बर्षमा सम्पन्न गरिसक्नु पर्ने उक्त भवन निर्माणको निर्माण सम्पन्नका लागि सबैजना जुट्नु पर्ने दक्षिणकाली नगरपालिकाको मेयर मोहन बस्नेत, उपमेयर बसन्ती डंगोल तामाङ्गले बताएका छन् ।

त्यस्तै, दक्षिणकाली नगरपालिकाको विद्यालय भवन निर्माणका लागि यो सबैभन्दा ठूलो रकम पहिलो पटक विनियोजीत भएको जिल्ला आयोजना कार्यालय इकाई शिक्षा प्रमुख अर्जुन रायमाझीले बताएका छन् ।

दक्षिणकाली नगरपालिका वडा नं १ का वडा अध्यक्ष जय थापा मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवहरी थापा लगायतले यस योजनालाई सम्पन्न गर्नका लागि सवैले सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए ।

भवन निर्माण सँगै नगरपालिका, वडा कार्यालय, विद्यालय व्यवस्थापन, विद्यालय परिवार, स्थानिय राजनैतिक दल, समाजसेवी सबैले यो अवसरलाई सहजताका साथ सम्पन्न गर्न कुनै बाँधा आउँन नदिने वातावरण बनाउन सुझाएका छन् ।


क्याटेगोरी : अन्य

तपाईको कमेन्ट लेख्नुहोस्