Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

नेप्से आज ३० अंकले घट्यो


काठमाडौं ।

साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोर अंकले घटेर बन्द भएको छ । साताको पहिलो दिन संसद् विघटन भएको र साताभर देखिएको राजनीतिक घटनाक्रमको प्रभावको छाया सेयर बजारमा देखिँदा साताभर उतारचढाव देखिएको छ ।

साताको पहिलो दिन आइतबार ९६ अंकले बढेको नेप्से त्यसपछि सोमबार, मंगलबार र बुधबार क्रमशः ९५, ३० र ७ अंकले बढेको थियो । बिहीबार (आज) पनि प्रि–ओपन सेसनमै नेप्से २३ अंकभन्दा माथिले बढेर २०९१ अंकसम्म पुगेको थियो । तर बजार खुलेसँगै ओरालो लागेको बजार बीचमा केही सुधार हुने प्रयास भए पनि बजारमा बिक्री चाप हावी हुँदा नेप्से २९.८३ अंकले घटेर २०३८.६३ अंकमा बन्द भएको छ । साताभर नेप्सेमा ठूलो उतारउढाव देखिए पनि समग्रमा स्थिरजस्तै भएर बन्द भएको छ ।

कारोबारको अन्तिम समयमा बजार बढ्ने आशमा खरिद चाप बढ्दा दिनभर सुस्त देखिएको कारोबार रकम सवा ५ अर्बमाथि पुगेसँगै नेप्से पनि केही फर्किएको छ । २०२८ अंकसम्म झरे पनि नेप्से अन्तिम समयमा केही बढेर २०३८ अंकमाथि बन्द भयो ।

नेपाल लाइफ र नबिल बैंकको आकर्षक लाभांशले लगानीकर्ता लोभ्याउँदा दुवै कम्पनीको कारोबार रकम ५० करोड नाघेको छ ।


क्याटेगोरी : अर्थ

तपाईको कमेन्ट लेख्नुहोस्