Techie IT
  • ५ जेठ २०८२, आईतबार
Sajha Hub

अवैध लागूऔषध सहित एक जना पक्राउ


काठमाडौं – अवैध लागूऔषधसहित नागढुङगाबाट एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट चरेश १ केजी सहित धादिङ थाक्रे गाउँपालिका-३ घर भएका ३७ वर्षीय लुक राज तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु।२ ख ८४३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध

तपाईको कमेन्ट लेख्नुहोस्