सरकारी छाप किर्ते मुद्दाका कसुरदार पक्राउ

काठमाडौं – सरकारी छाप किर्ते मुद्दाका कसुरदार छविलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं माछापोखरी बस्ने चितवन कल्याणपुर घर भएका २६ वर्षीय छविलाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
सरकारी छाप किर्ते मुद्दामा १ वर्ष कैद फैसला भएका फरार कसुरदार तामाङलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं रातोपुलबाट पक्राउ गरेको हो ।
तामाङ लगायतको संलग्नतामा यातायात व्यवस्था कार्यालय वीरगंजको छाप र शाखा अधिकृतको दस्तखत किर्ते गरी मोटरसाईकल नम्बर र ब्लुबुक समेत नक्कली बनाएको मुद्दामा उनलाई उक्त कैद फैसला भएको थियो ।
तामाङलाई जिल्ला अदालत काठमाडौं मार्फत कारागार कार्यालय सुन्धारा पठाइएको उक्त व्यूरोले जनाएको छ ।
क्याटेगोरी : अपराध
तपाईको कमेन्ट लेख्नुहोस्