Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
Sajha Hub

जातिय छुवाछुतको आरोपमा दुई युवा पक्राउ


सोलुखुम्बु –

सोलु–दुधकुण्ड नगरपालिका–९, सिसाखोलाका दुई युवकलाई छुवाछुत कसुरमा प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय १६ वर्षीय दीपक विश्वकर्मालाई ढोका छोएको निहुँमा कुटपिट गरेको आरोपमा सोहि गाउँका ३१ वर्षीय तारा थापा र २७ वर्षीय श्याम थापालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

गएको जेठ ३१ गते घरको ढोका छोएको निहुँमा स्थानीय १६ वर्षीय दीपक विश्वकर्मामाथि कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा छुवाछुत कसूरमा मुद्दा दर्ता भएको छ ।

पीडितले असार ७ गते घटनाको विषयमा जाहेरी दिएपछि आरोपित दुवै जना फरार भएका थिए । उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोलुखुम्बु जिल्ला अदालतले आदेश दिएको छ ।

जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कसुर गर्ने व्यक्तिलाई ३ महिनादेखि तीन वर्षसम्म कैद वा १ हजारदेखि २५ हजारसम्म जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

यो कसुर प्रमाणित भएको खण्डमा उनीहरुले उक्त सजाय भोग्नु पर्ने हुन्छ ।


क्याटेगोरी : अपराध

तपाईको कमेन्ट लेख्नुहोस्