Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

एन आई सी एशिया बैंकको थप शाखारहित बैंकिङ्ग सेवा संचालनमा


काठमाडौं – एन आई सी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गरेकाे छ ।

गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरण गर्ने क्रममा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१३, ओडवलियामा आफ्नो ४३औं शाखारहित बैंकिङ्ग सेवा मंसीर ६ गतेबाट संचालनमा ल्याएको हाे ।

बैंकले संचालनमा ल्याएको ओडवलिया शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर श्री मनमोहन चौधरीज्यूूको उपस्थितिमा सम्पन्न भयो । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा अजय सिहं क्षेत्रीज्यूलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्नुहुनेछ । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीयवासीहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९१ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । १८ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


क्याटेगोरी : अर्थ

तपाईको कमेन्ट लेख्नुहोस्