एडिबीले नेपाललाई थप ४० अर्ब ऋण दियो

काठमाडौं – एसियाली विकास बैंक (एडिबी) ले चार नयाँ परियोजनाको लागि नेपालमा ४० अर्ब ८१ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गर्ने समझदारी गरेको छ।
बैंकले नेपाल सरकारका अधिकारीहरुसँग ३५८ मिलियन डलर मंगलबारको विनिमयदरअनुसार ४० अर्ब ८१ करोड सहुलियतदरको ऋण सहयोग गर्ने समझदारी गरेको हो। ऋण सहयोगसम्बन्धी सम्झौतामा मंगलबार नेपाल सरकारका तर्फबाट अर्थसचिव डा. राजन खनाल र एडिबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गरेका छन्।
एडिबीले दिएको ऋण सहायतामध्ये मुग्लिङ–पोखरा सडकको स्तरोन्नति गर्न १९ करोड ५० लाख अमेरिकी डलर २२ अर्ब २३ करोड रुपैयाँ, बागमती नदीको बाढी व्यवस्थापन तथा सुधारका लागि ६ करोड ३० लाख डलर ९सात अर्ब १८ करोड डलर, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५-५ करोड अमेरिकी डलर ९५.७०र५.७० अर्ब रुपैयाँ खर्च गरिनेछ।
अर्थसचिव राजन खनालले पोखरा–मुग्लिङ सडकको स्तरोन्नतिका लागि २५ करोड ४० लाख अमेरिकी डलर अर्थात झण्डै २९ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने बताए।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्