सुनको मूल्य तोलामा ७३ हजार ५०० पुग्यो

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको सुनको मूल्य मंगलबार ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी ७३ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी तोलामा ८९० मा कारोबार भएको छ । सोमबार चाँदी तोलामा ८८५ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि हुनु, नेपाली सुनको भन्सार दर बढ्नुलगायतका कारण सुनको मूल्यमा लगातार वृद्धि भएको हो ।
नयाँ आर्थिक वर्ष सुरु हुँदा पाँच हजार रुपैयाँ भन्सार दर तोकिएको थियो भने गत असोजमा पुनः बढाएर छ हजार पाँच सय रुपैयाँ पु-याइएको छ ।
क्याटेगोरी : अर्थ
तपाईको कमेन्ट लेख्नुहोस्