सुनको मूल्य बढ्यो

काठमाडौं – दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ४०० ले बढेको छ ।
महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ३०० तोकेको छ ।
बुधबार र बिहीबार छापावाला सुन प्रतितोला ७५ हजार २०० र तेजाबी सुन प्रतितोला ७४ हजार ९०० मा खरिद बिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला १० ले बढेर रु ८८५ पुगेको छ ।
क्याटेगोरी : अर्थ
तपाईको कमेन्ट लेख्नुहोस्