सुनको मूल्य बढ्यो, कति पुग्यो ?

काठमाडौँ – नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी पनि रु ५ ले बढेर तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ ।
क्याटेगोरी : अर्थ
तपाईको कमेन्ट लेख्नुहोस्