अमेरिकी डलर ओरालो लाग्दै, आइतबार प्रतिडलर बिक्री मूल्य ११९ रुपैयाँ ७२ पैसा

केही दिनयता अमेरिकी डलर सस्तो बन्दै गएको छ ।
बिहीबार १ डलर बराबर १२१ रुपैयाँ २५ पैसा कायम भएको विनिमयदर शुक्रबार १२० रुपैयाँ ९३ पैसा हुँदै आज आइतबार आइपुग्दा ११९ रुपैयाँ ७२ पैसामा झरि मूल्य कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि प्रतिडलर बिक्री मूल्य ११९ रुपैयाँ ७२ पैसा कायम गरि आइतबारको विनियम प्रकाशन गर्दै सर्वसाधारणलाई उक्त मूल्य तिर्नुपर्ने जानकारी गराएको हो ।
सर्वसाधारणबाट केन्द्रीय बैंकले डलर खरिद गर्दा भने ११९ रुपैयँ १२ पैसा तोकेको छ ।
क्याटेगोरी : अर्थ
तपाईको कमेन्ट लेख्नुहोस्