Techie IT
  • ९ चैत्र २०८१, आईतबार
Sajha Hub

बादल केही हुन्, सबै होइनन् ।


सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको लामो विवाद र पत्रयुद्धको परिणामस्वरूप अन्ततः पार्टी विभाजनको डिलमा पुगेको छ । केपी शर्मा ओली, रामबहादुर थापा ‘बादल’ र पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालले पार्टी विभाजनको औपचारिक घोषणा नगरे पनि छुट्टा–छुट्टै कार्यक्रमको आयोजना गरी आआफ्नो खेमामा विभाजित भएका छन् ।

दुवै पक्षले पार्टी फुटेको आधिकारिक धारणा सार्वजनिक नगरे पनि दुई खेमामा विभाजन हुनुले झन्डै फुट्को संघारमा उभिएको देखिन्छ । यद्यपि ओली–प्रचण्डकै कारण नेकपा विभाजन हुने अड्कल विश्लेषकहरूले नगरेका होइनन् । उनीहरूको अड्कल कालान्तरमा श्वासत हुन पुगेको छ । ढिलो चाँडो नेकपा विभाजित त हुने नै छ । तर, ओली–बादल र प्रचण्ड–नेपाल खेमाले पार्टी विभाजन गरी निर्वाचन आयोग समक्ष नपुगेसम्म नेकपा विभाजन नै भैसकेको हो भन्न मिल्दैन ।

नेकपा विभाजनकै सन्दर्भमा यतिबेला बादलको मूल्य बढेको जस्तो देखिन्छ । हुन त उनी पूर्व माओवादी कोटाबाट गृहमन्त्री बनेका हुन् । गृहमन्त्रीमै रहदा उनले कुनै पनि लोकप्रिय कार्य गरेको पाइँदैन । तर, तत्कालिन माओवादीको १० वर्षे सशस्त्र जनयुद्धमा अहम् भूमिका निर्वाह गरेकोले उनको केही महत्व नभएको होइन । उनी त्यो समयमा शीर्षस्थ नेताको सूचीमा गनिन्थे ।

त्यसपछि २०६२/०६३ को जनआन्दोलन र शान्ति सम्झौता पश्चात् माओवादी नेपाली राजनीतिको मूलधारमा आएको हो । यो सँगै माओवादी भित्रका केही शीर्ष नेताको नामसँग बादलको नाम पनि जोडिन्छ । त्यही साखले उनीसँग केही नेताहरू नभएका होइनन् । तथापि बादल भने प्रभावशाली नेता होइनन् । उनलाई जनयुद्धले जति उचाईमा पुर्यायो, त्यति नै उनले आफ्नो चर्चा बटुल्न सकेनन् ।

यद्यपि नेकपा विभाजनको डिलमा पुग्दा बादललाई ओली र प्रचण्डले लुछाचुडी नगरेका होइनन् । प्रचण्डले आफ्नो समूहमा ल्याउने हरदम कोसिस गरे । अन्ततः ओलीले बादललाई अध्यक्ष पदको लोलुपता देखाएपछि ओली समूहमै पुगेका छन् । ओली समूहमा बादल पुगेपछि प्रचण्ड समूहले निकै आक्रोश पोखेको छ । तथापि आक्रोश पोख्नैपर्ने त होइन । किनकि बादल प्रचण्ड समूहमै रहनुपर्छ भन्ने पनि होइन । राजनीति विचारसँग जोडिएकाले विचार जता मिल्छ उतै जोडिदा के फरह पर्छ र ? तर, हिजोको इतिहास बादलले भुल्नु हुँदैन ।

बादलको वैयक्तिक वा सामूहिक शक्ति बलियो नभए पनि नेकपाभित्र उनी केही हुन्, सबै होइनन् ।


क्याटेगोरी : विचार, सम्पादकीय
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार