जेलर चिररञ्जीवी विरुद्ध अकुत सम्पत्तिको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – कारागार कार्यालय भिमफेदी, मकवानपुरका जेलर चिररञ्जीवी थापाविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिएको छ। उनीहरु एक करोड १३ लाख ६० हजार विगो कायम गरिएको छ ।
३० वर्षको जागिरे जीवन जेलर थापाले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ। सार्वजनिक सेवाको पदमा रही गैरकानुनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरेकोले छानबिन तथा अनुसन्धान गरी कारवाही हुन भन्ने उजुरी सम्बन्धमा अनुसन्धान अख्तियारले अनुसन्धान गरेको थियो।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्