Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

हामी राजमार्गको युगमा होइन, टनेलको युगमा छौं :अध्यक्ष प्रचण्ड


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राजमार्गमा हाई स्पीडको रेल कुदाउने बताएका छन् ।

आइतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विकास निर्माणका कतिपय कुराहरू पुरानो भइसकेको उल्लेख गर्दै अबको मुलुक टनेल (सुरुङ मार्ग) युगमा प्रवेश गरकाले मुलुकमा पुरानो खालको रेल नभई नयाँ हाई स्पीडको रेल कुदाउने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले अब राजमार्गको ठाउँमा टनेल बनाउने, रेल पनि फास्ट स्पीडको कुदाउने र पर्यटकीय सम्भावना पनि नयाँ ढंगबाट खोज्नुपर्ने बताए । ‘हामी राजमार्गको युगमा होइन, टनेलको युगमा छौं,’ प्रचण्डले भने, ‘२०० किलोमिटरलाई सय किलोमिटरमा झार्ने, रेल पनि पुरानो खालको होइन हाई स्पीडको कुदाउने जस्ता कामहरू हाम्रो प्राथमिकतामा रहेका छन् ।’


क्याटेगोरी : राजनीति

तपाईको कमेन्ट लेख्नुहोस्