Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

‘टिकटक’ चलाउने १ अर्ब ५० करोड पुगे 


एजेन्सी – पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ।

सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ। टिकटकले यस वर्ष “नन–गेमिङ” वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ।

ह्वाट्सएप सर्वाधिक डाउनलोडको पहिलो नम्बरमा छ भने दोस्रो, चौथो र पाँचौंमा क्रमशः मेसेन्जर, फेसबुक र इन्स्टाग्राम रहेका छन्। सन् २०१९ मा मात्र टिकटकको डाउनलोड संख्या अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत वृद्धि भएर ६१ करोड ४० लाख पुगेको छ। टिकटक डाउनलोड गर्नेमा भारतबाट सर्वाधिक करिब ३१ प्रतिशत योगदान छ, जहाँबाट ४६ करोड ६८ लाखले डाउनलोड गरेका छन्।


क्याटेगोरी : प्रविधि

तपाईको कमेन्ट लेख्नुहोस्