Techie IT
  • ९ चैत्र २०८१, आईतबार
Sajha Hub

अमेरिकाबाट डा. तारा सिग्देल ‘रसायनशास्त्र विद्यार्थी संगठन नेपाल’को भर्चुअल अन्तरक्रियामा (१७औं शृङ्खलाको भिडियो सहित)


काठमाण्डौ

रसायनशास्त्र विद्यार्थी संगठन नेपालको ‘साप्ताहिक अनलाईन अन्तरक्रिया कार्यक्रम’ को १७ औं ऋङ्खला सम्पन्न भएको छ । शनिबार करिब २ घण्टा चलेको अन्तरक्रिया कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्नातक र स्नातकोत्तर रसायनशास्त्र अध्ययनरत विद्यार्थी र अन्य सरोकारवालाहरु गरि करिब २०० जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा स्कुल अफ मेडिसिन, युनिभर्सिटी अफ क्यालिफोर्नियाका डा. तारा सिग्देलले ‘A Researcher’s Journey From Chemistry Into Medicine’ विषयमा बोलेका थिए । अन्तरक्रिया कार्यक्रममा विषयवस्तु सम्बन्धित उठेका आधा दर्जन बढी प्रश्नहरुको जवाफ डा. सिग्देलले दिएका थिए ।

कार्यक्रममा रिकास्टका कार्यकारी निर्देशक प्रा.डा. रामेश्वर अधिकारी, त्रि-चन्द्र बहुमुखी क्याम्पसका सह-प्राध्यापक डा.सुरेन्द्र गौतम, महेन्द्र मोरङ बहुमुखी क्याम्पस, विराटनगरका सह-प्राध्यापक नवराज रिजाल, अमृत साइन्स कलेजका उप-प्राध्यापक डा. देवल प्रसाद भट्टराई,अमेरिकाबाट राजेन्द्र पंगेनी लगायत देशभरका विभिन्न क्याम्पस र कलेजहरुमा अध्यापनरत प्राध्यापकहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा पीएचडी अनुसन्धान विज्ञहरु र रसायनशास्त्र, फार्मेसी, माइक्रोबायोलोजी र वायोटेक्नोलोजीका विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो । राजेन्द्र जोशी, विकास निरौला, सौरभ कटुवाल र सिजन गौतम प्राविधिक रहेका थिए । उपाध्यक्ष दिपा सापकोटाले वक्ताको छोटो परिचय प्रस्तुत गरेको कार्यक्रममा संस्थाका अनुसन्धान संयोजन समितिका संयोजक सौरभ कटुवालले रिपोर्ट प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष याम रोका मगरको अध्यक्षता र उपाध्यक्ष सुरज पन्थको सञ्चालनमा सम्पन्न भएको थियो ।

कोरोना भाइरसको कारण देश लकडाउन भएपछि संगठनले ‘अनलाईन अन्तरक्रिया’ कार्यक्रमको सुरुवात गरेको थियो । यसरी नै संसारभर विभिन्न देशहरुमा रहेका रसायनशास्त्रीहरुलाई पनि समेटि आगामी दिनका ’साप्ताहिक अन्लाईन अन्तरक्रिया’ कार्यक्रम आयोजना गरिने लक्ष्य रहेको अध्यक्ष मगरले जानकारी दिए । आगामी असोज १ गतेको ‘राष्ट्रिय विज्ञान दिवस’ लाई पनि संस्थागत रूपमा यसरी नै भर्चुअल मार्फत नै भए पनि भव्य तरिकाले मनाउने तयारी रहेको अध्यक्ष मगरले जानकारी दिएका छन् ।

भिडियोको लागि तलको लिंकमा जानुहोला .


क्याटेगोरी : प्रविधि, भिडियो, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्