भोजपुरमा महिलाको स्तन काटी फरार

भोजपुर — भोजपुरको षडानन्द नगरपालिकामा अज्ञात समूहले एक महिलाको दुवै स्तन काटिदिएर फरार भएको छन् ।
भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाको सेमेङमा अज्ञात समूहले एक महिलाको दुवै स्तन काटिदिएर फरार भएको हुन्। बुधबार दिउँसो करिब १ बजे स्थानीय खकुवाखोलामा कपडा धुन गएकी३० वर्षीया तीमहिलालाई मुखमा कालो पट्टि लगाएर आएका २ जनाले स्तन काटेर फरार भएको जिल्ला प्रहरी भोजपुरले जनाएको छ।
कपडा धोइरहेकी ती महिलालाई जबर्जस्ती नियन्त्रणमा लिएर स्तन काटेर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेको स्वास्थ्य चौकी दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्