सवारी दुर्घटनामा मृत्यु

काठमाडौं – बर्दिया, गुलरिया नगरपालिका-४ भत्किएको पुलस्थित सडकमा भे.४ प ७२१७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी सोही नगरपालिका-१ खैरापुर बस्ने ३५ वर्षीय राजेश यादवको बिहीबार बिहान मृत्यु भएको छ ।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका यादवको उपचारको लागि जिल्ला अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । संखुवासभा, चिचीला गाउँपालिका-१ कुवापानीमा ग।१ त ४१६४ नम्बरको ट्याक्टर बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक भोटखोला गाउँपालिका-५ बस्ने २१ वर्षीय मनोज तामाङको मृत्यु भएको छ ।
कुवापानीस्थित सडकमा ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्