कतार-मलेसियाका शिक्षामन्त्रीसँग गिरिराजमणि पोखरेलको भेट

काठमाडौं – कतार र मलेसियाका शिक्षामन्त्रीसँग शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भेटवार्ता गरेका छन् । कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी हुन कतार पुगेका मन्त्री पोखरेलले कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा।मस्वेली बिन मालिकबीच नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको छ ।
त्यस्तै मन्त्री पोखरेल र कतारका शिक्षामन्त्री डा।मोहम्मद अब्दुल वाहेदबीचको भेटवार्तामा दुई पक्षीय शैक्षिक सहकार्यका विषयमा छलफल भएको मन्त्री पोखरलेका निजी सचिव विनोद न्यौपानले जानकारी दिए । त्यस क्रममा कतार सरकारले नेपालमा प्राविधिक शिक्षालय खोल्ने प्रतिबद्धता व्यक्त गरेको न्यौपानेले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्