अदालतका श्रेस्तेदार गिरीविरुद्ध भ्रूण हत्या र बलात्कार आरोप

धनगढी – कैलाली जिल्ला अदालतका स्रेस्तेदार भुवन गिरीमाथि श्रीमतीले वैवाहिक बलात्कार र भ्रूण हत्याको आरोपमा बुधबार उजुरी दर्ता गराएकी छन्। स्रेस्तेदार गिरीकी श्रीमती आरती रावल गिरीले बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएकी हुन्।
नेपालगन्ज घर भएकी आरतीले डेढ वर्षअघि भुवनसँग दोस्रो पत्नीका रूपमा विवाह गरेकी थिइन्। गिरीले कुटपिट गरेर दुई पटक पेटमा भएको बच्चालाई मारिदिएको भन्दै उनले बुधबार भ्रूण हत्या र वैवाहिक बलात्कारको आरोपमा उजुरी दर्ता गराएकी हुन्। आफूलाई आमा बन्ने अधिकारबाट गिरीले बञ्चित गरेको आरतीको आरोप छ।
जिल्ला प्रहरी कार्यकाल कैलालीले गिरिलाई पक्राउ गर्न जिल्ला अदालतबाट पक्राउ अनुमति लिइसकेको जनाएको छ। गिरि अहिले सम्पर्कमा नरहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउने बताएको छ। अदालतमा स्रेस्तेदार भएकाले गिरीले मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिएको पनि आरतीले बताइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्