Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

लैंगिक विभेद हटाउन शिक्षाको भूमिका छ : प्रधानमन्त्री ओली


काभ्रे – प्रधानमन्त्री केपी शर्मा ओलीले लैंगिक विभेद हटाउन शिक्षाले भूमिका खेलेको बताएका छन् । काठमाडौं विश्वविद्यालय (केयू) को २५ औं दीक्षान्त समारोहलाई काभ्रेमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिकित्सा क्षेत्रमा महिलाको उपस्थिति आशा जगाएको तर्क गरे ।

‘आजकै दीक्षान्त समारोहले पनि यो कुराको संकेत गरेको छ,’ कुलपति रहेका प्रधानमन्त्री ओलीले भने, ‘दीक्षित मध्ये ५४ प्रतिशत महिला हुनु गर्वको बिषय हो ।’ शुक्रवार दीक्षीत एक हजार छ सय ४ मध्ये आठ सय ६३ महिला छन् । प्रधानमन्त्रीले आत्मविश्वासका साथ काम गर्न दीक्षितहरुलाई अनुरोध गरे ।

प्रमुख अतिथि रहेका भारतको मणिपाल विश्वविद्यालयका अध्यक्ष डा.के रामनारायणले चिकित्सकले आफूलाई रोग निको पार्ने व्यक्तिको रुपमा नलिने गरेको तर्क गर्दै उनले स्वास्थयकर्मी शरीर र मष्तिष्कको पनि प्राविधिक भएको तर्क गरे ।

रोग निको पार्न मानवता हुनुपर्ने तर्क गर्दै उनले चिकित्सकले शक्ति, आशा र मायाको सञ्चार गराउँदै स्वस्थ्य जीवन पुनर्प्राप्ती गर्न सहयोग पुर्‍याउने दाबी गरे ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्