पाकिस्तानलाई हराउंदै अस्ट्रेलिया ५रनले विजयी

एजेन्सी – पाकिस्तानलाई एक इनिङ र पाँच रनले परजयी गदेै अस्ट्रेलिया विजयी भएको छ । ब्रिसबेनमा खेलिएको टेस्टमा दोस्रो इनिङमा पाकिस्तान ३ सय ३५ रनमा अलाउट हुन पुगेको थियो ।
यसअघि, पाकिस्तान पहिलो इनिङमा २ सय ४० रनमा समेटिएको थियो भने अस्ट्रेलियाले आफ्नो पहिलो इनिङमा ५ सय ८० रनको विशाल योगफल बनाएको थियो ।
दोस्रो इनिङमा बाबर आजमले शतकीय इनिङ खेल्दै १ सय ४ रन बनाए पनि पाकिस्तानलाई हारबाट जोगाउन सकेनन् । खेलमा मोहमद रिजवानले ९५ रनको योगदान दिए पनि यासिर शाह र सान महसुदले समान ४२ रनको योगदान दिए । अस्ट्रेलियाका लागि जोस हेजलवुडले चार विकेट लिए भने मिचेल स्टार्कले ३ विकेट लिए ।
क्याटेगोरी : खेलकुद
तपाईको कमेन्ट लेख्नुहोस्